काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को छायाँकन सुरु भएको छ । निर्माता जनक घर्ती मगरकाअनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, बिवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्काे हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् ।
सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् ।
असार २८ गते प्रदर्शन मिति तय गरिएककाे फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने निर्देशक अनिल बुढामगरले जानकारी दिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts