
काठमाडौं । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामाले विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट सातौं डानको प्रमाणपत्र लिनुभएकोे छ । करिब चार दशकदेखि तेक्वान्दोमा क्रियाशील नोर्बुलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कुकिवानले पठाएको सातौं डानको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
नोर्बुले सातौं डानको परीक्षा नेपालमै दिनुभएको थियो । नेपाल तेक्वान्दो संघद्वारा लिइएको परीक्षा उतीर्ण गरेपछि मात्रै उहाँले कुकिवानबाट सातौं डान पाउनुभएको हो । तेक्वान्दो संघले लिएको सातौं डानको ग्रेडिङसँगै पुम्से र ग्योरोगीको तीनवटा भिडियो तथा थेसिस कुकिवानमा बुझाउनुपर्ने प्रावधान छ । कुकिवानले भिडियोको विश्लेषण र थेसिस अध्ययन गरेर नोर्बुलाई सातौं डानको प्रमाणपत्र दिएको हो ।
काभ्रेको मदनकुडारीका नोर्बुले २०४३ सालमा १३ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थाल्नुभएको हो । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक उहाँले २०५० सालदेखि स्युचाटार तेक्वान्दो डोजाङ सञ्चालन गर्दै आउनुभएको हो । स्युचाटार डोजाङले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।
उहाँ ग्योरोगी, पुम्से र डेमोस्ट्रेसन विधाका अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ । पुम्सेको भने उहाँ सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ । उहाँले सन् २०२० मा पुम्सेको सेकेण्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको थियो । उहाँले विभिन्न मुलुकमा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाउनुका साथै अष्ट्रेलियालगायत राष्ट्रमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच