काठमाडौं । किङडम हिमालयन र एञ्जल्स हार्ट प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पहिलो प्रतिस्पर्धात्मक सेमिफाइनलमा किङडमले ग्रिनफिल्डलाई ४७-४४ ले पराजित गर्यो । किङडमका जिग्मे लामाले १४ अंक योगदान गर्नुभयो । सामाखुसीस्थित आयोजक सेबको कोर्टमा भएको अर्को सेमिफाइनलमा एञ्जल्स हार्टले स्किब्सलाई ३८-२१ ले हरायो । एञ्जल्स हार्टका रूपेश पौडेलले १४ स्कोर गर्नुभयो ।
यस्तै, किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा ३२ टिमको सहभागिता रहने किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पाले जानकारी गराउनुभयो । सिनियर ब्वाइज र गल्र्समा समान ८-८ तथा जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहनेछ ।
सिनियर ब्वाइज र गल्र्स टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । जुनियर ब्वाइजलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । खेलहरू प्रयासनगर, टोखास्थित आयोजककै कोर्टमा खेलाइनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता