बुटवल । रूपन्देहीको तिलोत्तमामा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार बिहान कोशी प्रदेशलाई तीन-शून्यको सोझो सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
पुलिसले कोशीलाई २५-१७, २५-१५ र २५-१३ ले पराजित गर्यो । पुलिसले यसअघि भएका खेलमा त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशलाई पराजित गरेको थियो । पुलिसले समूह ‘बी’को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।
मधेश प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । मंगलबार समूह ‘बी’ मा बागमती प्रदेश र एपिएफ तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रूपन्देहीको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता