एसियन कपको उपाधि कतारले जित्यो, अक्रम अफिफको ह्याट्रिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । जोर्डनलाई हराउँदै एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गोल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए ।

त्यस्तै खेलको ६७ औं मिनेटमा याजान अल–नैमतले जोर्डनका लागि एक गोल फर्काए । त्यसको ५ मिनेट पछि कतारले पुनः पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमार्फत अफिफले दोस्रो गोल गरेका थिए ।

ADVERTISEMENT

त्यस्तै खेलको अतिरिक्त समयमा अफिफले पुनः पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई दोस्रो पटक एसियन कपको उपाधि दिलाए । यसअघि सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो ।

उपाधिसँगै कतारले ५ मिलियन डलर नगद पुरस्कार रकम पाएको छ, भने उपविजेता बनेको जोर्डनले ३ मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?