काठमाडौं । ग्रिनल्याण्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्याण्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बन्न सफल भए । सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्याण्डले भ्याली पब्लिकलाई ५३-४७ ले पराजित गर्यो । ग्रिनल्याण्डका सुरेश बिसीले २२ अंक जोड्नुभयो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले श्री सत्यसाइलाई ५०-३८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १४ अंक जोड्नुभयो ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ४३-२३ ले पाखा लगायो । गोल्डेनपिकका नेल्सन गुरुङले १८ स्कोर गर्नुभयो । सिनियर ब्वाइजमा ग्रिनल्याण्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका जिग्मे शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी रशी शाह र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयो । सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप शेर्पा, सिनियर गल्र्समा भ्याली पब्लिककी एञ्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयो । प्रतियोगिताभर लाक्यपले १११, एञ्जलले ६६ र अशोकले ४४ स्कोर गर्नुभएको छ ।
सिनियर ब्वाइजमा भद्रकाली, सिनियर गल्र्समा बिएमसिए र जुनियर ब्वाइजमा एसिया प्यासिफिक अनुशासित टिम बने । सिनियर ब्वाइजमा युनिभर्सिटी, सिनियर गल्र्समा हृवाइट माउण्टेन र जुनियर ब्वाइजमा प्रारम्भ ‘इमर्जिङ टिम’ ठहरिए । विजेतालाई भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी, प्याब्सनकी प्राज्ञिक सल्लाहकार अञ्जु भट्टराई, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । नौदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २२, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts