काठमाडौं । भ्यालेन्टाइन डे को चौथो दिन आज टेडी डे । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११ फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।
यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् । यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात ‘गुडिया’ उपहार दिने प्रचलन छ ।
नरम कपडाबाट बनेयो यो गुडिया अरू दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । विशेष अनुभूति गराउने, हृदयस्पर्शी र बाल्यकालको मीठो सम्झना दिने टेडी उपहार दिँदा प्रेम, भावना र रोमान्सको भावना व्यक्त हुनेगर्छ ।
यसले दिने सन्देश भने रङ्गअनुसार फरक पर्छ । मायाको भावना व्यक्त गर्न चाहने व्यक्तिलाई रातो टेडी उपहार दिनुपर्छ । यसले तपाईँको सम्बन्धलाई भावनात्मक रूपमा बलियो बनाउँछ ।
सुन्तला रङ खुशी, सकारात्मक सोचको प्रतीक हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्दा सुन्तला रङको टेडी दिने गरिन्छ । हरियो टेडी भने भावनात्मक जडान र प्रतिबद्धताको प्रतीक हो ।
प्रेम प्रस्तावको जवाफ कुरिरहेको अवस्थामा भने गुलाबी टेडी उपहार दिन सकिन्छ । यदि प्रस्ताव राखेको व्यक्तिले टेडी स्वीकारेको खण्डमा प्रेम स्वीकार भएको बुझ्नुपर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts