काठमाडौं । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । यसलाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा पनि लिइन्छ ।‘रोज डे’ देखि भ्यालेन्टाइन डे सम्म, माया गर्नेहरूका लागि यो विशेष हप्ता आउन लागेको छ।
हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइँदै आएको छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे मनाइन्छ।
‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । केही दिन पहिलेदेखि नै बजारमा रातो, पहेँलो, गुलाबी रंगका गुलाफको व्यापार सुरु भइसकेको छ । यसै पनि ‘रोज डे’ मा अरु बेलाभन्दा बढी गुलाफ बिक्री हुने गर्छ ।
कुन रंगको गुलाफको अर्थ के ?
रातो गुलाफ: रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ । यसले तपाईँको माया र भावना कति छ भनेर मनपर्ने व्यक्तिलाई दर्शाउँछ । यो गुलाफ मन पर्ने व्यक्तिलाई दिन सकिन्छ ।
गुलाबी रंगको गुलाफ: गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागी तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउछ ।
सेतो गुलाफ: सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ ।
सुन्तला रंगको गुलाफ: सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पत्तिहरुले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरु दिने गर्छन् ।
कालो गुलाफ : कालो गुलाफ बिदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रगंको गुलाफ दियो भने उसले तपाईलाई छाड्न चाहेको, माया मारेको वा तपाईबाट टाढा हुन खोजेको दर्शाउछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts