काठमाडौं । नेपालकी मेनुका पौडेल चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन ।’
उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधीमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा चिकित्सकहरुले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता