‘जीवनको सबै भन्दा महत्वपूर्ण पाटो भनेकै स्वास्थ्य’

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नम्बर—३ वडा कार्यालयद्धारा ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ वडा कार्यालयको प्राङ्गणमा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले ज्येष्ठ नागरिक एक सय वर्ष पुग्नुभएकी रेशमी आमालाई सल ओडाएर सम्मान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उहाँले कार्यक्रममा बोल्दै तिलोत्तमा ३ वडा कार्यालयले जिवनको सबै भन्दा महत्वपूर्ण पाटो भनेको स्वास्थ्य हो,वडा कार्यालयले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण संगै सम्मान गरेर सराननीय कार्य गरेको भन्दै वडा कार्यालयलाई आभार व्यक्त गर्नुभयो ।

देशका ७५३ वटा नगरपालिका मध्ये सबैको रोजाईमा तिलोत्तमा पर्नुको कारण पनि यस्तै ज्येष्ठ नागरिकदेखि हरेक सकारात्मक कार्यहरु गर्ने,यहाँका नागरिक पनि नगरप्रति सकारात्मक भएका कारण सम्भव भएको बताउदै प्रमुख अतिथि खाणले तिलोत्तमावासी नागरिकहरुको दुखसुखमा नगरपालिका सधै संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले अझै पनि केहि ज्येष्ठ नागरिकहरु घरमा बस्न नपाएको,हेरविचार र समयमा खाना खान नपाएको भन्ने गुनासाहरु न्यायीक समितिमा आउने गरेका छन्।

ADVERTISEMENT

कतिपय बुवाआमाहरु मानवसेवा आश्रममा बस्न बाध्य भएको पनि हाम्रो नगरपालिकामा देखिन्छ यस्ता विकृतिलाई न्यूनिकरण गर्दै सकारात्मक सोच र ज्येष्ठ नागरिकलाई परिवारले सम्मान गर्ने बानीको विकास गरेर सस्कारी तिलोत्तमा नगरपालिका बनाउन उपस्थित सबैलाई आग्रह गर्नुभयो ।
उहाँले तिलोत्तमा ३ वडा कार्यालयले वडाबाट ज्येष्ठ नागरिक सम्मान गर्दै उहाँहरुको परिवारलाई समेत सम्मान गर्न सिकाएको सन्देश कार्यक्रमले दिएको बताउनुभयो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ वडा कार्यालयले दिएको जानकारी अनुसार कार्यक्रममा वडाका ९७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

यस्तै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख थानेश्वर बस्यालको संयोजनमा डाक्टर हरी पन्थि र मेलिकल अफिसर बिवेचना पन्थिकोको टिमले सम्मानित हुनुभएका ज्येष्ठ नागरिकको सुगर,प्रेसर,दम,थाइराइड सम्बन्धी स्वास्थ्य परिक्षण गरि तत्काल औषधी सेवन गर्नुपर्ने भएमा औषधी समेत उपलब्ध गराइएको थियो ।

यस्तै वडाले ज्येष्ठ नागरिकलाई सल ओडाएर सम्मान गदै उहाँहरुलाई अतिआवश्यक जिन्सी समान र यातायात खर्च समेत उपलब्ध गराएको थियो ।

तिलोमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता,वडा सदस्य चुडा कुमारी विष्ट सिताको स्वागत तथा वडा सचिव गोकुल गिरीको संचालनमा सम्पन्न ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रमा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधि,ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयमं सेविका ,कर्मचारी स्थानी नागरिक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?