मुम्बइ। बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाई गरेपछि एनिमलको दोस्रो भाग पनि चाँडै आउँदैछ ।
सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा थिए । यो फिल्मको स्ट्रिमिङ जनवरी २६ बाट नेटफ्लिक्समा सुरु भइसकेको छ ।
फ्यानहरु यो फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस फिल्मको सिक्वेल शीर्षक एनिमल पार्क रहेको बताइएको छ । यस प्रोजेक्टको बारेमा रणवीर आफैंले केही रोचक अपडेट सेयर गरेका छन् ।
नेटफ्लिक्स इन्डियाका लागि स्ट्यान्ड अप कमेडियन अनुभव सिंह बस्सीसँगको कुराकानीमा रणवीरले एनिमलको निर्माणको क्रममा पनि धेरैलाई कथाबारे पूर्ण जानकारी नभएको खुलासा गर्नुभएको छ ।
रणवीरले भन्नुभयो, ‘बबी देओल सरलाई कथाको बारेमा कुनै जानकारी थिएन। अनिल कपुर सरलाई बाबु छोराको कथा थाहा थियो। तर त्यहाँ धेरै पक्षहरू थिए जहाँ सन्दीप आफ्नो स्क्रिप्टको बारेमा धेरै गोप्य राखेका थिए। एनिमल उनी सँग एउटा पार्कको बारेमा दुई दृश्यहरू तयार छन्, जुन उनले मलाई सुनाएका थिए र उनी धेरै उत्साहित छन्।’






