हलेसीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङनगरपालिकामा अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सालपा खेलमैदानमा ३० स्वर्ण पदकका निम्ति प्रतियोगिता सुरु भएको हो ।

शनिबारदेखि सुरु भएको तीन दिवसीय प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौड्ने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौड्ने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, कबड्डी र भलिबलमा एक/एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नगरभित्रका १२ वटा मावि र दुईवटा संस्थागत विद्यालयको सहभागिता छ । प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाखमा प्रतियोगिता सम्पन्न गरिने नगरपालिकाका खेल संयोजक मिलन कसजुले जानकारी दिनुभयो । कसजुकाअनुसार प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने जनाईएको छ । प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा घटीमा ३० हजारदेखि ५० हजारसम्म खर्च दिईने नगरपालिका श्रोतले जनाएको छ ।

प्रतियोगिता १५ माघमा सकिनेछ । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ ।गतवर्ष सम्पन्न अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा मावि मंगलटार प्रथम भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईको अध्यक्षतामा भएको अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले चारवटा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?