काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौं र ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा कार्य क्रम आयोजना भएको हो । मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका सर्वपक्षीय संस्थापक अध्यक्ष हरिभक्त सिग्देलको सभापतित्व, मानव व्यक्तित्वद्वय प्राध्यापक, साहित्यकार डा.सुधा त्रिपाठी, सशस्त्र प्रहरी बल नेपालका पूर्वसशस्त्र प्रहरी महानिरीक्षक श्री सनतकुमार बस्नेतको प्रमुख आतिथ्य, सेवा आयोगका अध्यक्ष श्रीधर शर्मा मजगैयाँको विशिष्ठ आतिथ्य, कलानिधि दाहालको सञ्चालनमा समालोचक, व्यंग्यकार तथा कवि युवराज मैनालीको स्वागत मन्तव्यसँगै मानव व्यक्तित्वद्वयका बहुआयामिक विचार व्यक्त गर्नुभयो ।
यसै क्रममा हरिभक्त सिग्देलद्वारा अनूदित कृति गीता सारु लोकार्पित भएको थियो । सो कृतिमाथि बहुआयामिक व्यक्तित्व प्रा.पुरुषोत्तम दाहालले अन्तर चिरफार गर्नु भएको थियो । रचनावाचन अन्तर्गत मेनुका आचार्य दंगाल, महेशप्रसाद रिजाल, तेजनाथ दंगाल, सुचिता काफ्ले, रोमा लम्साल, पार्वती अधिकारी पारु, कल्पना दाहाल, मञ्जुश्री प्रधान, जानुका गुरगाई, कात्यायन (धन्वन्तरी) मिश्र, देवेन्द्र अधिकारी, दुर्गा अधिकारी भमरकोटे, सुन्दर खड्का, सुरेशचन्द्र घिमिरे, कुसुम घिमिरे, अनुश्री आचार्य, राजेन भट्ट, रामचन्द्र दाहाल, कल्पना काफ्ले, कृष्णप्रसाद बस्याल, रामचन्द्र खनाल, निशा केसी, रामचन्द्र घिमिरे हुनु हुन्यो ।
विशिष्ठ अतिथि सेवा आयोगका अध्यक्ष श्रीधर मजगैयाँले शुभकामना दिँदै कार्यक्रमलाई धन्यवाद दिनुभयो भने ज्येष्ठ नागरिक समाज तथा मानव पुस्तकालयका संस्थापक अध्यक्ष तथा साहित्यकार विष्णुप्रसाद पन्तले मन्तव्य राख्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts