काठमाडौं । घुम्ती कवि गोष्ठीको १३४औं रचना वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । रिलायन्स कोएजुकेसन विद्यानलय बालुवाखानीमा आयोजित कार्यक्रमको सभापतित्व सोही विद्यालयका प्रधानाध्यापक दर्शक ज्ञवालीले गर्नुभएको थियो भने प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहनुभएको थियो ।
विशेष अतिथि बुनपाकै उपपप्रमुख रहनुभएको उक्त कार्यक्रको सञ्चालन घुम्तीका सचिव रामकुमार पण्डितले गर्नुभएको थियो । कार्यक्रमा साहित्यिकार डा.प्रदीपकुमार मैनालीलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमा उपस्थित साहित्यकारहरूमध्ये गोलाप्रथाबाट एकजनालाई पुरस्कृत गर्ने सन्दर्भमा राजेशमान केसी छनौट हुनुभएको थियो । घुम्ती कवि गोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठले उक्त संस्थाको गतिविधिबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा साहित्यकार श्रेष्ठ तथा अन्य एकजनाबाट साहित्यिकारलाई पुरस्कृत गर्ने उद्देश्यले एक लाख पच्चीस हजारका दरका दुई पुरस्कार स्थापनाको घोषणा गरिएको थियो । उक्त कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा.मैनालीले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रमाम विनोद दाहाल वत्स, डिएन महतो, बिसुकुमार केसी, शिवप्रसाद न्यौपाने, मिसन अधिकारी, सुशील आचार्य, राजेशमान केसी, दुर्गा अधिकारी भमरकोटे, परशुराम पराशर, एमबी जनकपुरी, ओमप्रसाद कोइराला, डुण्डिराज मरासिनी, सुरेशचन्द्र घिमिरे, रामचन्द्र दाहाल, ढुण्डिराज पोखरेलले आआफ्ना रचना बाचन गर्नुभएको थियो । यसै गरी रचना वाचन गर्ने अन्य कविहरूमा बुद्धिसागर पौडेल, निर्मला ढकाल, वासुदेव गुरागाई, तारा तामाङ ‘सुनाखरी र रामबहादुर पहाडी हुनुहुन्थ्यो । उक्त विद्यालयका विद्यार्थीहरू प्रिन्सेस कार्की, प्रजा जिसी, लविक मैनाली र दिया लम्सालले पनि कार्यक्रममा आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts