काठमाडौं । हाल काम विशेषले अमेरिका बस्दै आउनु भएका नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवं सञ्चारकर्मी राजीव श्रेष्ठकी ८९ वर्षीया आमा कमला श्रेष्ठको अमेरिकामा बुधबार बिहान निधन भएको छ । कमला लामो समयदेखि मुटुको रोगको उपचार गराउँदै आउनुभएको थियो ।
अमेरिकाको जर्मन टावनमा परिवारसँग बस्दै आउनुभएकी कमला अचानक अस्वस्थ भएपछि उहाँलाई त्यहीं अस्पतालमा उपचारार्थ लागिएको थियो जहाँ उहाँको निधन भएको थियो । स्वर्गीय श्रेष्ठको माहिला छोरा राजीव श्रेष्ठलगायत तीन छोरा र एक छोरी हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता