
म्याग्दी । बादल र तुवाँलोले छेकिदा धुम्म परेको आकाश । सुख्खा खेतबारी र काला हिमाल । यस वर्ष मध्य हिउँद लागिसक्दा पनि पानी र हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
दिनमा राम्रोसँग घाम पनि नलाग्ने र पानी पनि नपर्ने वातावरणीय समस्याका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धाहरुलाई समस्या भएको छ भने खेतबारीमा लगाइएको तरकारी र हिउँदेबाली सुक्न थालेको छ ।
मध्य हिउँद सुरु हुनै लाग्दा पनि हिउँदे वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भएकोले म्याग्दीका किसानहरु चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि नै हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र र मुस्ताङमा यस वर्ष माघको दोस्रो सातासम्म पनि पनि हिउँ र पानी नपर्दा गहुँ,तोरी,आलु लगाएत हिउँदे बाली सप्रिन नपाएकोले किसान चिन्तित बनेका हुन् ।
मध्य माघ लागिसक्दा पनि यस वर्ष पानी नपरेपछि किसानले लगाएको हिउँदे खेती सिंचाइको अभावमा खेत वारीमा नै सुक्दै गएको मालिका गाउँपालिका ५ का कृषक टेकबहादुर पुनले बताउनुभयो । “विगतमा यतिबेला खेतबारी र डाँडापाखा हिउँले ढाकिने गरेकोमा यसवर्ष पानी समेत परेको छैन,खेतबारीमा लगाएको बाली सुक्न थालेको छ” पुनले भन्नुभयो ।
म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष गत साता मल्काबाङ लगाएतका केही उच्च क्षेत्रहरुमा सामान्य हिउँ परेको भए पनि अरु ठाउँमा हिउँ र पानी समेत नपर्दा नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् ।
पानी र हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएका बाली सुक्दै गएको धवलागिरि गाउँपालिका १ गुर्जाका किसान सोमबहादुर विकले बताउनुभयो । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गतवर्ष भन्दा धेरै चिसो महसूस भएको उच्च लेकाली क्षेत्रका वासिन्दाहरुको भनाइरहेको छ ।
हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रम समेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।
काला पहाडमा परिणत हुँदै हिमाल
बितेका वर्षहरूमा मंसिरमा नै हिमपात हुने जिल्लामा यसवर्ष मध्यमाघ सम्म पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरू कालो पहाडमा परिणत हुँदैै गएको छ भने बालीनाली सुक्न थालेका छन् ।
यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमिजस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । तर यसवर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको मालिका गाउँपालिका ६ का देवबहादुर सिउथानीले बताउनुभयो ।
जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो । तर यसवर्ष अहिलेसम्म हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन् ।
यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएका स्थानीयवासिन्दाहरुले बताएका छन् । “यहाँका हिमालहरू कालो पहाडमा परिणत हुँदै गएका छन् भने मौसम झनभन्दा झन चिसो हुँदै गएको छ” मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर पुनले बताउनुभयो ।
समयमा हिमपात नहुँदा लेकाली क्षेत्रबाट देखिने सेताम्मे हिमालहरू समेत कालो बन्दै गएको स्थानीयवासिन्दाहरुको भनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच