काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गर्नुभएको छ ।
साथै उहाँले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु। साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु।’
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । ती बसमा चालकसहित ६५ रहेका बताइएको खुलेको छ ।
प्रहरीका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।








Breaking news with related posts