काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको छ ।
साथै उहाँले भूकम्प पीडितलाई चीनले पठाएको राहतमा माओवादी नेतृत्वकै संलग्नतामा भ्रष्टाचार भएकोसमेत आरोप लगाउनुभएको छ ।
चिनिया महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केन्द्रीय सदस्य केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको समेत बताउनु भएको छ ।
केसी र केसीको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो ।

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु देशका निम्ति खुसीको विषय भएकाे बताउनु भएकाे छ ।
उहाँले विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भएकाे र यो निकै महत्त्वपूर्ण भएकाे बताउनु भयाे ।

राजविराज । जनमत पार्टीका अध्यक्ष एवं चन्द्रकान्त (सीके) राउतले मुख्य चार पार्टीका चार शीर्ष नेताले देशलाई बन्धक बनाएको आरोप लगाउनु भएको छ ।
शनिबार बिहान सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरी डा.राउतले देशलाई पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले बन्धक बनाएको आरोप लगाउनु भएको हो ।
डा. राउतलले सिन्डिकेटबाट देशलाई मुक्त गर्न तथा शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प देशलाई नरहेको उल्लेख गर्नु भयाे ।
अदालतदेखि अख्तियार लगायतका संवैधानिक निकाय पनि त्यही चार नेताको सेरोफेरोअनुसार चल्ने गरेको राउतको कथन रहेको छ ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौँबाहिरका विमानस्थलमा राखेर काठमाडौँका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको बुझाइ छ । साथै पारसले क्यान समक्ष धेरै चुनौतिहरु रहेको उल्लेख समेत गरेका छन् । नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौं । मधेस प्रदेशले शनिवार कर्णालीमाथि जितसहित जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता आत्मसात गरेको छ ।
हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेसले पाँचौं खेलमा तेस्रो सफलता प्राप्त गरेको हो । मधेसको जितमा हरिशंकरले ५० रनको अर्धशतकसँगै एक विकेट लिँदै अलराउण्ड प्रदर्शन गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शिर्ष तीनका ब्याटर चलेपछि मधेसले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३२ रनको लक्ष्य प्रश्तुत ग-यो । जवाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा एक सय ७० रनमै अलआउट भयो । कर्णालीले खराब शुरुवाती ग¥यो । कर्णाली चौथो ओभरमै १२:२ को अवस्थामा पुग्यो ।

काठमाडौं । सङ्घीय सांसदको हैसियतले सांसद, मन्त्रिषरिद्को सदस्य र विषयगत समितिको सभापतिका रुपमा अहिले भइरहेको संसदीय अभ्यासलाई तीन चरणमा हेर्न, बुझ्न र अनुभव गर्न पाएको छु ।
प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर आएपछि छोटो अवधि नै भए पनि मन्त्रिपरिषद्मा रहेर काम गरेको अनुभव छ । संसदीय समितिको सभापतिको भूमिकामा रही अहिले काम गरिरहेको छु । सांसदको भूमिकामा रहँदा संसद्मा निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रिय महत्त्वका घटना, परिघटना र विषयवस्तु उठाउने गरिन्छ । सदनमा कुन विषय कसरी राख्ने र त्यसको छिटोछरितो सम्बोधन कसरी भन्ने कुनै कार्यविधि छैन । केवल बोल्ने, रेकर्ड गराउने र हिँड्ने मात्र भएको छ । उठाइएका विषयवस्तुको कार्यान्वयन कहिले भन्ने विषय सधैँ प्रश्न छ । सबै सांसदको आ-आफ्नै कार्य जिम्मेवारी र उत्तरदायित्व छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहनुभएका उहाँहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts