माओवादीका नेता केसीको स्पष्टीकरण : महासचिव गुरुङ भ्रष्टाचारबाट हुने आम्दानीको हिस्सेदार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको छ ।

साथै उहाँले भूकम्प पीडितलाई चीनले पठाएको राहतमा माओवादी नेतृत्वकै संलग्नतामा भ्रष्टाचार भएकोसमेत आरोप लगाउनुभएको छ ।

चिनिया महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केन्द्रीय सदस्य केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको समेत बताउनु भएको छ ।

केसी र केसीको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो ।

उहाँले माओवादी केन्द्रका महासचिव गुरुङ, कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गिरोहले भ्रष्टाचार गरेको र नगदी सामानहरू लुकाएर कुहिएका र काम नलाग्ने सामान राहतका नाममा वितरण गर्न लाग्दा आफूले प्रश्न उठाउँदा उक्त घटना घटेको स्पष्टीकरण पत्रमा उल्लेख गर्नुभएको छ ।

स्पष्टीकरण पत्रमा उहाँले लेख्नुभएको छ–‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस् ।’

ADVERTISEMENT

उहाँले भन्नुभएको छ, 'म देव गुरुड। जस्तो दुनियाँ चाहारेर पार नलागे पछि क्रिया खर्च जुटाउन पार्टीमा इंडिया थापेर बसेको मान्छे होईन । मैले मेरो क्षेत्रका जनता र कार्यकर्ताको मनमा मेरो लागि अलिकत ठाँउ बनाएको छु । त्यहि मेरो लागि काफि छ । मैले यो पार्टीमा मेरो लागि कहिल्यै कुनै पद माँगिन, कहिल्यै केन्द्रिय सदस्य, कहिल्यै जिल्ला सदस्य तिमिहरु आफै बनाउछौ त्यो देउ कि राख आज सम्म मतलव गरिएन । तर हिजो आज यो भ्रष्ट र फन्टुस महासचिव देख्दा लाग्न थालेको छ, अव यसलाई लखेटेर म आफै माहासचिव बन्छु । यो पार्टीमा भ्रष्टहरुको विनास गर्न संकल्प गरेको छु ।’

केसीले मुक्ति मरासिनी र गुरुड एकाघरका नातेदार रहेको र गुरुडले नै भनसुन गरि चिनियाँहरुको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुबै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गंभिरतापूर्वक छानविन गरोस् भनि माग समेत गर्नुभएको छ ।

हेर्नुहोस् स्पष्टीकरण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *