काठमाडौं । एञ्जल्स हार्ट स्कुल फुटबल क्लबका कप्तान अभिनम गौतमले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा हृयाट्रिक गर्नुभएको छ ।
यद्यपि एञ्जल्स हार्ट समूह चरणको आफ्नो दोस्रो खेलमा इप्सविच फुटसल, अस्ट्रेलियासँग ११-४ ले पराजित भयो । एञ्जल्स हार्टका लागि थप १ गोल मविन्द्र पुनले गर्नुभएको थियो ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा जारी प्रतियोगितामा एञ्जल्स हार्टको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा क्यारिना फुटसलले एञ्जल्स हार्टलाई ९-१ गोलले हराएको थियो । यो खेलमा पनि अभिनमले नै गोल गर्नुभएको थियो ।
समूह ‘सी’मा रहेको एञ्जल्स हार्टले अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जनवरी १९ तारिखमा छ । त्यस दिन एञ्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता