खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । केपिलासगढी गाउँपालिका-४ बाक्सिलास्थित पृथ्वी उच्च माविको खेलमैदानमा २८ स्वर्णका लागि प्रतियोगिता सुरु भएको हो ।
तीन दिवसीय प्रतियोगितामा छात्रा छात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौड्ने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौड्ने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प र भलिबलमा एक/एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा गाउँपालिका भरीका आठवटा माविको सहभागिता छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको सात लाखसहित आठलाख बजेटमा प्रतियोगिता सम्पन्न गरिने गाउँपालिकाका शिक्षा अधिकृत सुरेन्द्र खनालले जानकारी दिनुभयो । उक्त बजेट पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेर जिल्ला र प्रदेश स्तरीय सम्म खर्च गरिनेछ ।
खनालकाअनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोश्रो हुने विद्यालयले ४० हजार र तेश्रो हुने विद्यालयले ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सहभागी अन्य पाँच विद्यालयलाई आवत जावत तथा व्यवस्थापन खर्च स्वरुप प्रति विद्यालय २५ हजार र सहभागिताको प्रमाणपत्र दिईनेछ ।
मार्च पासमा उत्कृष्ट हुने विद्यालय र अनुशासित विद्यालयलाई ५-५ हजारसहित प्रमाणपत्र दिईनेछ । एथलेटिक्स र भलिबलमा उत्कृष्ट हुने छात्रछात्रालाई ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्थापन गरिएको छ ।
प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिता ५ माघमा सकिनेछ ।
प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन । गतवर्ष भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिका प्रथम भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा