मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी ईशा देओल आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा हुनुहुन्छ ।
हालै ईशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग हुनुभएकाे छ ।
वास्तवमा बलिउड लाइफ र बलिउड शादी डट कममा प्रकाशित समाचारका अनुसार यी कुराहरू तब प्रकाशमा आए, जब हालसालै एक सोशल मिडिया प्रयोगकर्ताले रेडिटमा एक पोस्ट साझा गर्नुभयाे र त्यसमा ईशा र भरत एकअर्काबाट अलग भएको संकेत गर्नुभएकाे थियाे । जसका कारण उहाँहरू अब सार्वजनिक रुपमा सँगै देखिनु भएकाे छैन । यति मात्र होइन, यो पोस्टमा प्रयोगकर्ताले भरतले आफ्नी श्रीमतीलाई धोका दिएको दाबी पनि गरिरहनु भएकाे छ।
प्रयोगकर्ताले आफ्नो पोस्टमा नयाँ वर्षको दिन बेंगलुरुमा भएको पार्टीमा ईशाका पति भरतलाई देखेको दाबी पनि गर्नुभएकाे छ । जहाँ उहाँ आफ्नी एक प्रेमिकासँग हुनुहुन्थ्याे । भरतकी प्रेमिका बैंगलोरमा मात्रै बस्ने पनि बताइएको छ । यद्यपी देओल परिवारका तर्फबाट हालसम्म यी खबरमा कुनै प्रतिक्रिया आएको छैन ।
ईशा देओलले २९ जुन २०१२ मा भरतसँग विवाह गर्नुभएकाे थियाे । दुबैको विवाह इस्कॉन मन्दिरमा अत्यन्त सादगीका साथ सम्पन्न भएको थियो । विवाहको पाँच वर्षपछि यी जोडी छोरी राध्याका आमाबुवा बने र सन् २०१९ मा इशाले दोस्रो छोरी मिराया तख्तानीलाई जन्म दिनुभयाे।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts