प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुदैँ छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजनामा सञ्चालन हुने प्रतियोगिता माघ २० गते सम्पन्न हुने छ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशको सामना गर्दै छ ।

ADVERTISEMENT

प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टिमले एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका छ । यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि संचालन हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?