काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज र जेष्ठ नागरिक समाजले शुक्रबार एक कार्यक्रमबीच स्व. साहित्यकार तिलक लुइटेलको सम्झना गरेको छ । नवपुस्तकालय सुकेधाराको सभाकक्षमा आयोजित कार्यक्रममा लुइटेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले नेपाली साहित्यफाँटमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । लुइटेलले चार वेदलगायत लगभग चालीस कृतिको अनुवाद गर्नुका साथै समीक्षा तथा सिर्जना क्षेत्रमा कलम चलाउँदै आउनुभएको थियो ।
जेष्ठ नागरिक समाज तथा नव पुस्तकालयका अध्यक्ष बिष्णुप्रसाद पन्तको सभापतित्वमा भएको कार्यक्रममा विविध कोणबाट उहाँको व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धासुमन व्यक्त गर्नेहरूमा सुसेली नायक दुर्गा अधिकारी भँमरकोटे, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष, आध्यात्मिक चिन्तक तथा कवि हरिभक्त सिग्देल, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहाल, बहुआयामिक व्यक्तित्व तथा कवि पुरुषोत्तम दाहाल, वरिष्ठ युरोलोजिष्ठ तथा साहित्यकार डा.अर्जुनदेव भट्ट, पूर्व प्रशासक, समालोचक तथा हाँस्यव्यंग्यकार युवराज मैनाली, सुसेली तथा मुक्तककार सुचिता काफ्ले, गायक महेश रिजाल, साहित्यमा रुचिराख्ने हरि खनाल, मुक्तककार कल्पना बराल दाहाल रहनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता