राष्ट्रियसभा निर्वाचन : राप्रपाका उम्मेदवार निरञ्जन थापाद्वारा उम्मेदवारी फिर्ता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निरञ्जनकुमार थापाले  उम्मेदवारी फिर्ता लिनुभएको छ।

गत पुस २३ गते लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका राप्रपाका थापाले यसअघिको कार्यतालिका अनुसार शुक्रवार दिउँसो १ बजे अगावै आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख लक्ष्मीदत्त चलाउनेका अनुसार शुक्रवार दिउँसो २ बजेभित्रै उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ। थापाले उम्मेदवारी झिकेपछि अब लुम्बिनीमा दुई सिटका लागि ६ जना बीचमा प्रतिष्पर्धा हुने देखिएको छ।

महिला कोटामा गठबन्धनबाट नेपाली कांग्रेसबाट गुल्मीकी विष्णुकुमारी सापकोटा, नेकपा एमालेबाट दाङकी तुलसाकुमारी केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तुकी विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ।

ADVERTISEMENT

त्यस्तै अन्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट रोल्पाका झक्कुप्रसाद सुवेदी, एमालेबाट पाल्पाका झपेन्द्रबहादुर जिसी र जनमत पार्टीबाट नवलपरासी पश्चिमका बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिन लागेपछि रिक्त हुन जाने पदपुर्तिका लागि माघ ११ गते निर्वाचन तोकिएको हो।

लुम्बिनी प्रदेशमा प्रदेशसभाका ८७ सांसद र एक सय नौ स्थानीय तहका दुई सय १८ प्रमुख/उपप्रमुखले मतदान गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?