काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा मन्जिला डंगोल नियुक्त हुनुभएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।
अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले एसोसिएसनको उद्देश्य हासिल गर्न प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले लिएको छ ।
आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउने क्रममा सिइओ दरबन्दी सिर्जना गरेको एसोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता