काठमाडौं । र्याप गीतको रियालिटी शोज ‘र्याप व्याटल नेपाल’ हुने भएको छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा ‘र्याप व्याटल नेपाल’ हुनेभएको हो । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलनगर्दै शोजका बारेमा जानकारी दिएको हो ।
युजिसा इन्टरनेसलका कार्यकारी निर्देशक सानु खानले शोजका लागि फेब्रुवरीबाट अडिशन सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार टेलिभिजनमा अप्रिलबाट र्याप ब्याटल नेपाल प्रसारण हुनेछ । शोजमा नेपालीसँगै बलिउडका संगीतकर्मी पनि निर्णायक हुने उहाँले जानकारी गराउनुभयो ।
अडिशन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । शोजका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको लागि डिजिटल अडिशन गरिने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts