काठमाडौं । ‘शान्तिको साथ’ नाटक मञ्चन भएको छ । मंगलबार साँझ राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको नाटकमा दर्शकको राम्रो साथ रहेको थियो । शान्ति फाउण्डेशनको आयोजना र काठमाडौं महानगरपालिकाको सहकार्यमा मञ्चन भएको नाटक ‘शान्तिको साथ’ ले ‘मानव बेचबिखन’ र ‘साइबर स्लेभरी’ को मुद्दा उठाएको छ ।
नीरु खड्काको लेखन निर्देशन रहेको नाटकमा लोकेन्द्र लेखक, दीपमाला परियार, सन्देश लामिछाने, चन्द्रा थापा, नमस्ते दिवाकर घिमिरेलगायतको अभिनय छ । काठमाडौं महानगरपालिकाको योजनानुसार मञ्चन भएको नाटक काठमाडौंको टोलटोल र गाउँगाउँमा पनि लैजाने तयारी छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts