मुम्बई । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।
फिल्मले दिनहुँ करोडौंको व्यापार गर्दै इतिहास रचिरहेको छ । फिल्मले १८ दिनको कलेक्सनका साथ घरेलु बक्स अफिसमा २०० करोडभन्दा बढीको व्यापार गरिसकेको छ भने ‘डंकी’ ले पनि विश्वभर उत्कृष्ट व्यापार गरिरहेको छ ।
फिल्मको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै ‘डंकी’ को १८ दिने विश्वव्यापी संग्रह सार्वजनिक गरेको छ । फिल्मले विश्वभर ४४४.४४ करोड कमाएको छ । ‘डंकी’ ले शाहरुख खानको अहिलेसम्मको सबैभन्दा धेरै कमाउने तेस्रो फिल्मको रेकर्ड बनाउन सफल भएको छ।
शाहरुख खानको फिल्म ‘डंकी’ डिसेम्बर २१, २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो। ‘सालार’ रिलिजको अघिल्लो दिन अर्थात २१ डिसेम्बर २०२३ मा ‘डंकी’ रिलिज भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts