
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ का लागि वार्षिक क्रिकेट क्यालेण्डर घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायत पदाधिकारीहरूले उक्त क्यालेण्डर सार्वजनिक गरे । तालिकाअनुसार ६० भन्दा माथि प्रतियोगीता यसवर्ष आयोजना हुने क्यानले जनाएको छ । जसमा नेपालले आइसिसी विश्वकप लिग २, टि–२० आई सिरिज र ओडिआई सिरिजहरू खेल्नेछ । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरू हुनेछन् ।
नेपालले फब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ । त्यस्तै, नेपालले २७ फेब्रुअरी ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच टियुमा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछ । १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ सँग पाँच एकदिवसीय र तीन टी-२० खेल खेल्नेछ ।
क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न इच्छुक रहृयो भने त्यसलाई क्यालेण्डरमा समावेश गर्ने बताउनुभयो । ‘नयाँ वर्षसँगै आइसिसीको फम्र्याटमा क्यान हिँड्न खोजेको छ । नेपालसँग कुनै पनि देशले खेल्न इच्छा राखेमा हामी त्यसलाई क्यालेण्डरमा राख्नेछौँ,’ सचिव खड्काले भन्नुभयो, ‘घरेलु प्रतियोगिताहरू व्यवस्थित हुनेछन् । अहिलेसम्म भइरहेका प्रतियोगिताहरूलाई क्यालेण्डरमा स्थान दिइएको छ । प्रदेश र जिल्लाले आफ्नो स्रोतसाधन प्रयोग गरी अरूसँग नजुध्ने गरी थप प्रतियोगिता आयोजनाका लागि स्पेस दिएका छौँ ।’
कार्यक्रमका क्यानका सचिव खड्कासँगै उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदक खड्का क्रिकेट म्यानेजर विनोद दासको उपस्थिति थियो । त्यस्तै, क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ । मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डरअनुसार मिलाउनुपर्ने भएकाले एनपिएलपछि सारिएको क्यानका सचिव पारस खड्काले बताउनुभयो ।
क्यालेण्डरअनुसार नेपालले यसवर्ष दक्षिण अफ्रिकामा उच्चस्तरीय यू-१९ प्रशिक्षण, आइसिसी यू-१९ विश्वकप, नामिबिया, नेदरल्याण्डसँग टी-२० सिरिज, अप्रिल मेमा महिलाको दुई देशीय शृंखला, मे महिनामा सिनियर टोलीले युएई वा वेष्ट इण्डिजमा उच्चस्तरीय प्रशिक्षण, जुनमा नेपालले अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ ।
यस्तै, नेपालले जुलाईमा बेलायतको भ्रमण गर्ने तयारी गरेको छ । अगष्टमा उच्चस्तरीय प्रशिक्षण हुनेछ । सेप्टेम्बरमा सिनियर महिलाको अन्तर्राष्ट्रिय सिरिज हुनेछ । यस्तै, सोही महिना क्यानडा, नेपाल र ओमानबीच त्रिदेशीय टी–२० सिरिज हुनेछ । जुलाई, अगष्टमा नै नेपाल र क्याडाबीच एक दिवसीय सिरिज हुनेछ । सेप्टेम्बरमा नेपालले क्यानडा, ओमान र नेपालसँग विश्वकप क्रिकेट लिग २ खेल्नेछ ।
यस्तै, यसवर्ष घरेलु प्रतियोगिताअन्तर्गत पिएम कप, क्रिकेट कन्क्लेभ, मनमोहन मोमेयिरल, अर्जुन ट्रफी, मेन्स इलाइट ट्रफी, इण्डो नेपाल प्रतियोगिता, यू-१६ प्रतियोगिता, ललितपुर महिला मेयर कप, गणेशमानसिंह मेमोरियल, क्यान प्रिमियर लिग, गल्र्स यू-१६, नेसनल क्लब च्याम्पियनसिपलगायत प्रतियोगिता हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच