गर्भवती महिलालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । बाजुरामा गर्भवती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । जिल्लाको हिमाली गाउँपालिका-३ की सुला सुनार (परिवर्तित नाम) गरेकी गर्भवती महिलालाई करणी गरेको आरोपमा प्रहरीले सोहीँँ ठाउँका स्थानीय जङ्गवीर बुढालाई पक्राउ गरेको हो ।

पुस १० गते पुर्णिमाको दिन हिमाली गाउँपालिका-१ युनामा स्थानीय मेला लागेपछि जात्रा हेर्न गएको मौका छोपी घरमा छोराछोरीसहित सुतिरहेका बेला जङ्गवीर बुढाले आफूलाई जबरजस्तीकरणी गरेको स्वयम् पीडित सुनारले बताउनुभएको छ ।

पीडित सुनारका अनुसार विगतका वर्षहरुमा सधैँ आफू जात्रा हेर्न जाने गरेपनि यो पटक गर्भवती अवस्थाका कारण घरमै बस्नुभएको थियो । राती झण्डैे १ बजे तीर आफू सुतेकै बेला जङ्गवीर आफ्नो कोठामा पुगेर आफुलाई जबरजस्ती करणी गरेको उहाँले बताउनुभयो ।

‘उहाँले भन्नुभयो’ श्रीमान मेला हेर्ने जानुभएको थियो । म घरमा छोराछोरीको साथमा सुतिरकी थिए, त्यो मान्छे आएर मलाई जबरजस्ती करणी गर्यो, मैले धेरै प्रतिकार गरे, चिच्याउन खोज्दा मुख छोपिदिए, त्यसपछि चिम्टाले हिर्काए, अनि त्यसपछि हँसियाले हान्न खोज्दा हँसिया नै खोसेर भागे, त्यतिबेलासम्म अर्को घरमा भएका मेरो देवर देउरानीले थाहा पाँए, उनीहरु पनि आएर नियन्त्रणमा लिन खोज्दा सकेनौं भागिहाल्यो ।”

त्यहाँबाट उनी भागिसकेपछी आफूमाथि करणी भएको घटना पीडित सुनारले आफ्ना श्रीमानलाई जानकारी गराउनुभएको थियो । उक्त घटना श्रीमानले जानकारी पाएपछी जात्रा हेर्न गएका श्रीमान घर फर्किदा बाटोमा उनै पीडक जङ्गसिंह बुढा भेटिए । त्यहीँबाट उनलाई नियन्त्रणमा लिन खोज्दा श्रीमानलाई नै कुटपिट गरेर फरार भएको उहाँको भनाइ छ ।

घटना भएको तीनदिन पछि पीडित महिलाले मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता गराउन जिल्ला पूहरी कार्यालय बाजुरामा जानुभयो । जाहेरी दर्ता गराउन जानुभएकी सुनारको जाहेरी सजिलै दर्ता हुन भने सकेन ।

जाहेरी दर्ता नभएपछि जबरजस्ती करणी गरेको घटनामा पनि राजनीति चलखेल भएको दलित अधिकारकर्मी राजेन्द्र बिकले बताउनुभयो । “जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुग्दा दर्ता गर्न मानेनन्, त्यहाँ पुगेको तीन घण्टा पछाडी मात्रै जाहेरी दर्ता भयो । भित्रभित्रै राजनीतिक चलखेल गरेर मिलाउने प्रयास भइरहेको छ ।" पीडित महिलालाई मिल्न भनेर दबाब दिएको कुरा जिल्ला दलित अधिकार नेटवर्कको कार्यालयमा आएर पीडितले सुनाउनुएकाे अधिकारकर्मी बिकले बताउनुभयाे ।

ADVERTISEMENT

अधिकारकर्मी बिकका अनुसार यतिबेला राजनीति दलका व्यक्तिहरु समेत यो घटना छिपाउन सक्रिय देखिएका छन् । "दलितमाथी हुने विभेदका घटनाहरुमा यसअघि पनि बाजुरामा राजनीति हस्तक्षेप गरी मिलेमत्तो गराउँदै आएका कारण यो यो घटनामा पनि पीडित महिलालाई न्याय नदिएर छिपाउने प्रयास भइरहेको छ । यो कदापी हुन दिनु हुन्न," बिकले भन्नुभयो ।

पीडित परिवार माथी नै ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय बाजुरामा आफूलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दिएपछि यता पीडक पक्षले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालय बाजुरामा पीडीतका श्रीमान र उहाँका देवरसहित चार जना विरुद्ध जाहेरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) कवीन्द्र बोहोराका अनुसार पीडक भनिएका जङ्गसिंह बुढाले पनि पीडित भनिएकी सुनारका श्रीमान र आफन्तलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

घटनाको भोलीपल्ट आफूलाई आक्रमण गरेको र कुटपिट गरेपछि पीडित महिलाका श्रीमान् विरुद्ध जङ्गसिंहले मुद्धा दर्ता गराएका हुन् । महिलालाई जबरजस्ती करणी गर्ने बुढालाई भने प्रहरीले पक्राउ गरिसकेको छ भने जबरजस्ती करणी गर्ने बुढा पक्षले दिएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न पीडित महिलाका श्रीमान र उहाँका देवर पनि अहिले प्रहरीको नियन्त्रणमा रहेकोे डिएसपी बोहोराले बताउनुभयो ।

झुटो मुद्धा लगाएर पीडित महिलाका श्रीमान र देवरलाई प्रहरीको नियन्त्रणमा राखेको स्थानीयको आरोप छ । आफूहरु दलित भएकै कारण आफुहरुमाथि झुटो मुद्धा लगाई उपल्लो पीडक पक्षले फसाउन खोजेको पीडित परिवारको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *