
काठमाडौं । डेनमार्कमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि यसै प्रतियोगिताबाट ३० खेलाडी छनोट गरिएको छ । जुलाई २२ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि ३० खेलाडीको नाम नेफका अध्यक्ष नारायण रोकाले समापन कार्यक्रममा सार्वजनिक गर्नुभयो । प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेफले जनाएको छ ।
छनोट खेलाडीहरूमा छहारीका अरुण लामा र सम्राट् तामाङ, वृहस्पति विद्या सदनका एलेन डंगोल, प्रेम अधिकारी, गोरक्ष सुवेदी र अग्रिमजंग बस्नेत, पिस प्वाइन्टका राहुलकुमार योञ्जन, अभय घिमिरे, प्रज्ञान राई, मनीष कार्की, निराजन देउवा, रामबहादुर बुढाथोकी, महेश राई र विशेष थिङ, एनआइसी एकेडेमीका आर्यब श्रेष्ठ, अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का र युङद्रुङ वाङगेल गुरुङ, लुम्बिनीका असिप नेपाली, फ्युजन एकेडेमीका विराट् खड्का र अनिल तामाङ, न्यु एराका अल्सन राई, नवीन थापा र आयुश बराम, प्रारम्भका अजय कार्की, निर्माण तामाङ, अनिमेश ढुंगाना र सुरज दनुवार रहनुभएको छ ।
सोही अवसरमा ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले उत्कृष्ट २८ खेलाडीलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभयो । ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा एनआइसीका अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का र युङद्रुङ वाङगेल गुरुङ, पशुपति मित्र माविका प्रशान्त श्रेष्ठ र सुवास मग्रान्ती, बोर्न स्काइलार्कका सिजन शेर्पा, आदित्य शाह, मनोज बस्नेत र प्रतीक थापा, पिस प्वाइन्टका अभय घिमिरे, मनीष कार्की, सक्षम बान्तवा राई र शिवहरि विक, न्यु एराका नवीन थापा र अल्सन राई, लुम्बिनीका असिफ नेपाली, रविन बुढाथोकी र अनमोल तामाङ, बृहस्पतिका अग्रिमजंग बस्नेत, गोरक्षजंग सुवेदी र सुदन श्रेष्ठ, फ्युजन एकेडेमीका विराट खड्का र अनिल तामाङ, सांग्रिलाका समिर खड्का, छहारीका निशान तामाङ र अरुण लामा तथा नोब्सका जीवन बोगटी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच