मुम्बई । राजकुमार हिरानीको निर्देशनमा निमार्ण गरिएको फिल्म ‘डंकी’को आम्दानी चारसय करोड नजिक पुगेको छ ।
गत २१ डिसेम्बर, २०२३ मा विश्वभरका थिएटरहरूमा रिलिज भएको फिल्मले बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ।
‘सालार’ जस्तो ठूलो एक्सन फिल्मसँग टक्कर भए पनि यो फिल्म पर्दामा मात्र टिकिरहेको छैन, सन २०२३ को शाहरुख खानको तेस्रो ब्लकबस्टर फिल्म पनि साबित भएको छ । सन् २०२३ मा खानका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डँकी’ रिलिज भएका थिए र यी तीनैले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेका छन ।
‘डंकी’ ले घरेलु बक्स अफिसमा मात्रै बलियो कलेक्शन गरेको छैन, विश्वभर पनि राम्रो कमाइ गरिरहेको छ । फिल्मले ४ सय करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।
फिल्मको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले इन्स्टाग्राममा पोष्ट गरेको छ कि फिल्मले ११ दिनमा विश्वभर ३८०.६० करोड भारु कमाएको छ भने घरेलु बक्स अफिसको कमाई पनि ‘डन्की’को २०० करोडको नजिक पुगिसकेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts