सालारले १० दिनमा कमायो ३४१ करोड बढी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मुम्बइ । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार पार्ट १ – सीजफायर’ले बक्स अफिसमा चर्को नाफा कमाएको छ । सन् २०२३ को सबैभन्दा ठूलो ओपनिङ पाएको यो फिल्मले धेरै ठूला रेकर्डसमेत तोडिरहेको छ ।

‘सालार पार्ट १ – सीजफायर’ डिसेम्बर २२ मा रिलिज भएको हो। चलचित्रले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । उक्त फिल्मले पहिलो दिन ९०.७ करोडको दमदार सुरुवात गरेको थियो ।

ADVERTISEMENT

सैकनिल्कको रिपोर्ट अनुसार सालारले रिलिजको १० औं दिन अर्थात आइतबार १०.९६ करोड रुपैयाँ कमाएको छ । यससँगै भारतीय बजारमा सालारको १० दिनको कुल कमाई ३४१.१३ करोड रुपैयाँ पुगेको छ । जबकी शाहरुखको खानको डंकीले ११ औं दिनसम्म भारतमा मात्रै ९.५ करोड भारु मात्र कलेक्सन गरेको छ । योसँगै डङ्कीको हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ ।

यस्तै ‘सालार’ रिलिजसँगै प्रभासले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका छन् । ‘प्रभास अब एकमात्र दक्षिण भारतीय अभिनेता बनेका छन्, जसका ५ फिल्मले हिन्दी बेल्टमा १०० करोडभन्दा बढी कमाएका छन्। सालार बाहेक यो सूचीमा बाहुबली, ‘बाहुबली २ः द कन्क्लुजन’, ‘आदिपुरुष’, ‘साहो’ लगायतका चलचित्रहरु रहेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?