काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तिम्रो जय होस्’ सार्वजनिक भएको छ । सहिकुमार तामाङको शब्द, टीका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको कथा निर्देशन रहेको गीतको भिडियोमा प्रभातपल ठकुरी, त्रिशना छेत्री, रमेशचन्द सोडारी र बाल कलाकार प्रनवी आचार्यलाई फिचर्ड गरिएको छ । नरेन्द्रकुमार सिंहको छायांकन र टेकेन्द्र शाहको सम्पादन एवं रंग संयोजन रहेको भिडियोलाई प्रवीन आचार्यले निर्माण गर्नुभएको हो ।
भिडियोमा प्रेम, मिलन, बिछोडको कथा समेटिएको छ । भिडियो टिका बोम्जन युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts