काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौं र ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा पूर्वक्याम्पस प्रमुख तथा साहित्यकार विष्णुप्रसाद पन्तको सभापतित्व भएको थियो । प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आमन्त्रित आतिथ्य, प्रा.डा.गोविन्द टन्डनको विशिष्ठ आमन्त्रित आतिथ्य रहेको सो कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलको स्वागत मन्तव्यपछि दुवै मानव व्यक्तित्वले आ–आफ्ना विशाल जीवनरजगतका गम्भीर एवं गहन विचार एक–एक घण्टामा प्रस्तुत गरेलगत्तै रचना वाचन र मन्तव्यको दोस्रो चरण सुरु भएको थियो ।
दोस्रो चरणअन्तर्गत महेश रिजाल, पदम दाहाल, तेजनाथ दंगाल, मेनुका आचार्य दंगाल, सुचिता काफ्ले, मुकुन्द पौडेल, सुन्दर खड्का, पार्वती अधिकारी, कल्पना दाहाल र रामचन्द्र घिमिरेले रचना वाचन गर्नु भएको थियो भने शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा साहित्यकार रामप्रसाद पन्त, पूर्वराजदूत नीरञ्जनमान सिंह बस्नेत, वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यकार पिँडालु पण्डित वा वासुदेव गुरगाई, पूर्वन्यायाधीश कृष्णप्रसाद बस्याल, अधिवक्ता अच्युतम ढकाल हुनुहुन्थ्यो ।
पूर्वप्रशासक, समालोचक तथा हाँस्यव्यंग्यकार युवराज मैनालीले धन्यवाद मन्तव्य दिएर सभापतिको मन्तव्यसहित सभा विसर्जित हुँदा ठीक एघार बजे सुरु भएको कार्यक्रम तीन बजे समाप्त भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts