काठमाडौं । जिम्न्याष्टिक खेलाडी परिधि कक्षपतीलाई आफू अध्ययनरत दीप मावि, भोटेवहालले सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको प्रथम जिम्न्याष्टिक प्रतियोगितामा पदक जितेकोमा परिधिलाई स्कुलले सम्मान गरेको हो । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा परिधिले रजत जित्नुभएको हो ।
यस्तै, लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको छ । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगद र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।
डोजोले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपका स्वर्ण विजेता रेहान जावेद, सोनु श्रेष्ठ, विनिता श्रेष्ठ र सुस्मिता वाइबालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । च्याम्पियनसिपमा जावेदले क्याडेटतर्फ पुरुष १४-१५ वर्ष समूहको कातामा स्वर्ण जित्नुभएको थियो । यस्तै, सोनुले यू-२१ को ५५ केजी तौल समूह र विनिताले सिनियर महिलाको खुलामा स्वर्ण पदक जित्नुभएको थियो । सुस्मिताले भने सिनियर महिलाको ५५ केजीमा रजत पदक जित्नुभएको थियो ।
यसैगरी डोजोले निरूपा तामाङ, विनिता श्रेष्ठ र रोजिता ढुंगेललाई स्कुटर प्रदान गरेको थियो । गत असोजमा इण्डोनेसियामा भएको सितेरियो वल्र्ड च्याम्पियनसिपमा निरूपाले रजत पदक जित्नुभएको थियो । विनिता सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपकी स्वर्ण विजेता हुनुहुन्छ भने रोजिताले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा