भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका-२ चेम्ताङबाट सालकको खपेटासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी चेपुवाबाट खटिएको गस्ती टोलीले स्थानीय ३५ बर्षीय छिरिङ भोटेलाई नियन्त्रणमा लिएको संखुवासभा प्रहरीले जानएको छ ।
बुधवार साँझ ७ बजे तिर ६/७ जनाको समुह सेतो बोरामा भारी बोकी हिडिरहेकोमा उनीहरुले प्रहरी टोलीलाई देखेर बोरा फाली भागेकोले प्रहरीले पछ्याउदै जाने क्रममा छिरिङलाई पक्राउ गरेको प्रहरीले जानएको छ ।
फालिएको बोरा खोलेर हेर्दा सालकको खपेटा रहेकोले उक्त खपेटासमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts