बुद्धभूमि नगरपालिकामा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । देशभरका पालिकामा आधारभुत अस्पताल बन्दै गरेपनि ग्रामिण तथा दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच अझै पुग्न सकेको छैन ।

दूर दराजका जनताहरु गुणस्तरीय सेवाको पहुँच लिनका लागि धेरै टाढा पुग्नुपर्ने बाध्यता रहेको छ । अधिकांश पालिकाहरुमा सबै किसिमको स्वास्थ्य सेवा नुहँदा मानिसहरुले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका विभिन्न सास्ती खेप्नुपर्ने बाध्यता पनि छ । ग्रामिण दुर्गम तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताको लागि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पालिकामा अस्पताल नहुँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेका बिरामी निःशुल्क उपचारबाट लाभान्वित भएका छन् । १६ जना चिकित्सकको टोलीले बिरामीको चेकजाँच गरेका थिए । शिविरले पालिकाको जनतालाई सुविधा भएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनु भयो ।

शिविरमा मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौनरोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको चेकजाँच र उपचार गरिएको थियो । साथै इसिजी, भिडियो एक्सरे, दिसा पिसाव, खकार, रगत जाँच र औषधि समेत निःशुल्क रहेको थियो । पालिका र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको टिमले पालिकामा आएर स्वास्थ्य शिविर सञ्चालन गर्दा उपचारमा सहज भएको सेवाग्राहीले बताए ।

ADVERTISEMENT

अस्पतालले एक वर्षमा १ सय भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो महिना काभ्रेपलाञ्चोक, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा विपन्न, सिमान्तकृत वर्ग, वृद्धवृद्धा स्वास्थ्यको पहुँच नपुगेका दूर दराजका बिरामीको चाप रहेको चिकित्सकहरुले बताउनु भयो । स्थानीयहरुले सामान्य उपचार पनि पाउन नसकेको र गर्भवती, महिनावारी हुने महिलाले पनि सामान्य ज्ञान नपाएको अवस्था रहेको बताए । ग्रामिण भेगका महिलाहरुमा समस्या भन्न लजाउने र उपचार गर्न नमान्ने समस्या बढी देखिएको पाइएको बताए ।

मेडिकल कलेजले हरेक वर्ष १ सय वढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाको पहुँच नभएको क्षेत्रमा पालिकासँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको छ । काठमाडौंको लच्छीफेदीकाट शुरु गरिएको शिविर सोलुखुम्बु, खोटाङ, भोजपुर अछाम काभ्रे, रसुवा, प्युठानका विकट तथा दुर्गम पालिकामा सञ्चालन गरिएको छ । शिविर पूर्णतया निःशुल्क रहेको काठमाडौं मेडिकल कलेज तथा नेवेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताउनु भयो । त्यस्तै पूर्वी नेपालदेखि पश्चिम र सुदूरपश्चिमका भेगमा आफूहरुले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो । उहाँले दूरदराजमा भएका स्वास्थ्यसँग पहुँच नपुग्ने विपन्न जनतालाई निःशुल्क उपचार गर्ने उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वी नेपालदेखि पश्चिम र सुदूरपश्चिमका भेगमा हामीले सेवा दिइरहेका छौँ । यसको मुख्य उद्देश्य दूरदराजमा भएका विपन्न जनतालाई स्वास्थ्यसँग जसको प्रत्यक्ष पहुँच पुग्दैन, उहाँहरुलाई उहाँकै स्थानमा गइ केसहरु हेरेर निःशुल्क उपचार गर्ने गरेका छौँ ।’

उहाँले विपन्न जनतालाई स्वास्थ्यसँग प्रत्यक्ष पहुँच बिस्तार गर्न शिविर सञ्चालन गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज