भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालको आयोजनामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । शुक्रवारबाट सुरु भएको शिविरमा पहिलो दिन नै करिव चार सय जनाले सेवा लिएका छन ।
टेम्केमैयुङ गाउँपालिका र अन्य छिमेकी क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा दाँत, कान, स्त्रीरोग, तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक क्याप्टेन राजन राईले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्यकर्मी र कादुरीका अधिकारीहरूलाई स्वागत गर्दै चार दिनसम्म सञ्चालन हुने शिविरमा करिव दुई हजार नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहजता हुने छ, यस प्रकारको शिविरले स्थानीय समुदायलाई ठूलो लाभ पु¥याउने विश्वास छ ।” शिविर आगामी मंसिर १० गतेसम्म संचालन हुने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा