एजेन्सी । अराजकता मच्चाएको भन्दै भारतको संसद्मा हिउँदे अधिवेशनको बाँकी समयका लागि विपक्षी दलका ३३ सांसदलाई निलम्बन गरिएको छ । निलम्बित सांसदहरूमा कांग्रेसका अधीर रञ्जन चौधरी, डीएमकेका सांसदहरू टीआर बालु, दयानिधि मारन र टीएमसीका सौगता रोयसहित हुनुहुन्छ । यसअघि डिसेम्बर १४ मा १३ जना लोकसभा सांसद र एक राज्यसभा सांसदलाई पनि निलम्बन गरिएको थियो ।
राज्यसभाका एक सांसदसहित ४७ विपक्षी सांसदलाई भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको सरकारले हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरेको हो । विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै विरोध गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts