ललितपुर । साहित्यकार, सर्जक तथा गायिका तारादेवी सुनुवारले आफ्नो जन्मदिनको अवसर पारेर सुनुवार भाषाको गीत ‘फेनेरेल्फु रेल्षा ःआ’ सार्वजनिक गर्नुभएको छ । जावलाखेलमा एक कार्यक्रमबीच सर्जक सुनुवारले आफ्नो मातृभाषाको गीत ‘फेनेरेल्फु रेल्षा :आ’ आफ्नै युट्युब तारा सुनुवारमार्फत् सार्वजिनक गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि, चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश सायमीले नेपालमा बोलिने सुन्दर भाषामध्ये एक सुनुवार भाषामा पनि म्युजिक भिडियो बन्नु भनेको सुखद कुरा हो भन्दै यसरी आ–आफ्ना भाषाको संरक्षण र संवद्र्धन गर्दै नेपालको सांगीतिक ढुकुटी बलियो पार्नुपर्नेमा जोड दिनुभयो ।
गीतको रचनाकारमा तारादेवी सुनुवार आफैं हुनुहुन्छ भने सो भिडियोको निर्देशन र कोरियोग्राफ बृहसमान सुनुवारले गर्नुभएको छ । गीतमा तारादेवी सुनुवारलाई गायक पुष्कर सुनुवारले साथ दिनुभएको छ ।
पुष्करकै एरेञ्ज रहेको गीतमा विप्लव अधिकारीको मिक्सिङ/माष्टरिङ छ । गीतको भिडियोमा गायिका तारादेवी सुनुवारका साथमा बृहसमान सुनुवार, अञ्जु सुनुवारलगायतका कलाकारको अभिनय छ । भिडियोको सम्पादन मोहन सुनुवारले गर्नुभएको छ ।
विमला सुब्बाले स्वागत मन्तव्य राख्नुभएको गीत सार्वजनिकीकरण कार्यक्रमको सभापतित्व सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले गर्नुभएको थियो । वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले समीक्षात्मक टिप्पणी राखेको उक्त कार्यक्रममा नेपाली चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश सायमीको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारलगायतले राष्ट्रिय वाणिज्य बैंकको नवौं तहमा पदोन्नति हुनुभएका फौदबहादुर सुनुवारलाई बधाई ज्ञापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts