काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबार गर्न रोक लगाइएको छ महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको जनाएको हो।
आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको महानगरले जनाएको छ। बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन।
कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही महानगरले जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts