काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंकले विद्युतीय कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टरमार्फत् क्यास डिपोजिट, क्यास रिसाइक्लिङ चेक डिपोजिट स्टेटमेन्ट प्रिन्टिङ एटिएम तथा विभिन्न कियोस्क मेसिनबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्टलगायतका सेवाहरू ग्राहक आफैंले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सेवा सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागेर बैंकिङ सेवा लिनुपर्ने झन्झट अन्त्य भएको बैंकले जनाएको छ । हाल यस्तो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements