
काठमाडौं । चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिनुभएको छ । बढ्दै गएको चिसोले भूकम्प प्रभावित जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्धवृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्पपीडितलाई सहयोग गर्न राई त्यहाँ पुग्नुभएको हो । अनुग्रह फाउण्डेशनका संस्थापक अध्यक्ष तथा चलचित्र ‘गोर्खा वारियर’का निर्मातासमेत रहनुभएका राईले जाजरकोट भूकम्पपीडित ५५ परिवारलाई टेण्ट सामग्री र नगद प्रदान गर्नुभएको छ ।
समाजसेवा गर्न रुचाउने राई स्वयं आफैं उपस्थित भई जाजरकोट, नलगाड नगरपालिका ४ र ५ र बारेकोट ९, सक्ला पुग्नुभएको थियो । उहाँले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिनुभयो ।
राईले यसअघि विभिन्न ठाउँमा समाज सेवामार्फत शिक्षा र सिनियर सिटीजनका लागि अनुग्रह फाउण्डेशनमार्फत सहयोग गर्दै आइरहनुभएको छ । गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच