रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘एनिमल’ रिलिज भएदेखि नै बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यस फिल्मका धेरै दृश्य र संवादलाई लिएर पनि विवाद भइरहेको छ । फिल्मले विश्वभर हालसम्म ६ सय करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ । त्यसैले भारतमा यसले ३५० करोड रुपैयाँ नाघेको छ ।
सुरुवातदेखि नै आक्रामक व्यापार गरिरहेको एनिमलले एक सातामा ५०० करोडभन्दा माथिको व्यापार गरेको हो । जसअनुसार, फिल्मले पहिलो दिन ११६ करोड, दोस्रो दिन १२० करोड, तेस्रो दिन १२० करोड, चौथो दिन ६९ करोड, पाँचौ दिन ५६ करोड, छैठौं दिन ४६ करोड भारतीय रुपैयाँ कमाई गर्न सफल भएको हो ।
यसैबीच, निर्देशक सन्दीप रेड्डी वांगा र स्टारहरू फिल्मको कथा र पात्रलाई लिएर सोशल मिडिया प्रयोगकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन्। फिल्मले बक्स अफिसमा १००० करोड भारुको कमाई गर्ने आकंलन गरिएको छ ।एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts