चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गर्नुभएको हो । यसअघि उहाँका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) चितवनद्वारा बुधबार आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डा केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले संयुक्त रुपमा सो कृति सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । कार्यशालामा अङ्ग्रेजी विषयका २५ शिक्षकहरू सहभागी हुनु भएको थियो । कार्यशालामा शिक्षकहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गर्नुभएको थियो । समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गर्नुभएको थियो । पत्रकार पराजुली विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । पछिल्ला वर्षमा उहाँ साहित्य लेखनतर्फ लाग्नु भएको छ







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts