काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘हामी नेपाली, हाम्रो खेलाडी’ सार्वजनिक भएको छ । स्वीडेनमा रहनुभएका गीतकार डा.दीपराज थापाको शब्द, विशाल निरौलाको संगीत एवं एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विनय कंसकरको निर्देशन/सम्पादन रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ-पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । नेपाल टी-२० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताउनुभयो । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशीला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts