काठमाडौं । सर्जक गंगा आचार्य सापकोटाका कविताकृति ‘गंगाप्रवाह’ र गजलसंग्रह ‘भावगंगा’ लोकार्पण गरिएको छ । काठमाडौंमा ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमबीच कवि तुलसी दिवसले उक्त कृति लोकार्पण गर्नुभएको हो । कृतिमाथि समीक्षकद्वय घनेन्द्र ओझा र बलराम दाहालले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा तुलसी दिवस, मणिराज सिंह, षडानन्द पौडेल, प्रभा भट्टराईलगायत आ-आफ्ना भनाइ राख्नुभएको थियो । सर्जक आचार्यले आफूलाई लेख्न प्रेरणा दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । महेश रिजाल, कल्पना भट्टराई, जानुका गुरागाईं, बृन्दा पराजुलीद्वारा रचना वाचनसमेत गरिएको कार्यक्रमको सञ्चालन उषा आचार्यले गर्नुभएको थियो । कार्यकममा प्रमोद सारङ र गंगा आचार्यलाई ज्योति स्रष्टा सम्मान, रुबिना रानामगर र सुजात अर्याललाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।






