एजेन्सी । अभिनेता दिनेश फडनीसको निधन भएको छ । सोनी टेलिभिजनको चर्चित शो सिआइडीमा इन्स्पेक्टर फ्रेडरिक्सको भूमिकाबाट चर्चित हुनुभएका अभिनेता फडनीसको मुम्बईको एक अस्पतालमा मंगलबार ५७ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात भएपछि उहाँलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उहाँ भेन्टिलेटरमा हुनुहुन्थ्यो । उहाँ टिभी शो सिआइडीबाट चर्चामा आउनुभएको थियो । यस शोमा उहाँ इन्स्पेक्टर फ्रेडरिकको भूमिकामा रहनुभएको थियो । उहाँको क्यारेक्टर निकै रुचाइएको थियो । उहाँले मराठी चलचित्रका लागि स्क्रिप्ट पनि लेख्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता